लकडाउनका नाममा जथाभावी बाटो अवरुद्ध, अत्यावश्यक सेवामा समस्या

धनकुमार कार्की
१८ वैशाख २०७७ ११:३८

मोरङ। मोरङको दक्षिणी भूभागका अधिकांश भित्री बस्तीमा जथाभावी बाटो अवरुद्ध गरिएको छ। कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धमा नेपाल सरकारले जारी गरेको आदेशको प्रभावकारी कार्यन्वयनका लागि देशै भरी अत्यावश्यक काम बाहेक सवारी साधन तथा मानिस आवात जावतमा पूर्ण रोक लगाएका बेला मोरङमा भने अत्यावस्यक सेवा नै ठप्प हुने गरी बाटोमा बार लगाइउको छ।

सरकारले बिषम परिस्थितिमा शान्ति, सुरक्षा, आपतकालीन तथा अत्यावश्यक सेवा सञ्चालन तथा ब्यवस्थापनका लागि दमकल ,एम्बुलेन्स, प्रहरी भ्यान, खाद्यान्न ढुवानीका सवारी साधन, बिद्युत मर्मत संभारको सवारी साधन, सूचना सञ्चार मर्मत संभारको सवारी साधन, खानेपानी मर्मतको सवारी साधन, फोहोरमैला ब्यवस्थापनको सवारी साधन, स्वस्थ्यकर्मीहरुको सवारी साधन, स्वस्थ्यसामग्री एवं उपकरण ओसारपसारमा संलग्न सवारी साधन लगायत अन्य अत्यावश्यक सेवामा संलग्न सवारी साधनहरुलाई निर्बाध रुपमा सञ्चालन गर्न पाउने भने भने पनि बेवास्ता गर्दै यसो गरिएको हो।

यसरी जथाभावी बाटो अवरुद्ध गरेपछि बिशेष गरी अतयावस्यक सवारीका चालकहरु मारमा परेका छन। आफूहरुलाई बिरामी ओसार्न फोन आएपछि लिन जाँदा बाटोमा बार हुने भएकाले कतिपयलाई सुरुमै नकार्नुपरेको कर्सियाबजारका एम्बुलेन्स चालक राजेश चौधरी बताउँछन।

उनी भन्छन, ‘बाटोमा बार भेटेपछि बिरामी लिन जाने की फर्कने? बार भत्काए फेरि कुटाई खाइएला भन्ने डर।’ यस्तै काठमाडौबाट उद्धार गरी मोरङको रंगेली आएको बस फर्कने क्रममा अवरुद्ध बाटोमा फसेपछि चालक जीवन तामाङलाई निकै समस्या परेको उनले बताए।

लकडाउनका नाममा सरकारको आदेशलाई बेवास्ता गर्दै कसले बाटो अवरुद्ध गरेको हो सम्बन्धीत निकाय भने नदेखेझैँ भएको छ। केही स्थानहरुमा स्थानीयले नेपाल भारत सिमानाका नजिक भएकाले भारतीय नागरी प्रवेश गर्न सक्ने भन्दै स्थानीयले नै बाटो अवरुद्ध गरेको बुझिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *