मुख्यमन्त्री राउतद्वारा जानकी नवमीका अवसरमा शुभकामना व्यक्त

डिसी नेपाल
१८ वैशाख २०७७ २१:४५

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले हिन्दू धर्मालम्बीको आस्थाको केन्द्र माता जानकीको जन्मोत्सव अर्थात् जानकी नवमीका अवसरमा आज सम्पूर्ण नेपालीको दीर्घायु, सुस्वास्थ्य तथा उत्तरोतर प्रगतिको कामना गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा जानकी नवमीको धार्मिक आस्थाका साथै जनकपुर र प्रदेश नं २ को गरिमालाई विश्वमै स्थापित गर्ने महत्वपूर्ण अवसर भए पनि विश्वभर त्रास मच्चाएको कोरोना महामारीका कारण विगतझैं भव्यता दिन नसकिएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मुख्यमन्त्री राउतले यस विषम परिस्थितिमा माता जानकीको पूजा आ–आफ्नै घरबाट गर्दै कोरोना महामारीको अन्त्यका लागि कामना गर्न आग्रह गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *