निम्न वर्गीय श्रमजीवीलाई विशेष सहयोग प्याकेज बनाउन प्रचण्डकाे माग

डिसी नेपाल
१९ वैशाख २०७७ ७:१४

काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमm दाहाल प्रचण्डले दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका विभिन्न सहरमा रहेका निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

१३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले कोरोना भाइरसका कारण देशका विभिन्न भागहरुबाट आ–आफ्नो घर फर्किने क्रममा अलपत्र परेका मजदूर र अन्य जन–समुदायलाई सुरक्षितरुपमा गन्तव्यमा पुर्याउनु सबैको कर्तव्य भएको बताएका छन्।

उनले कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न श्रमजीवि जनसमुदायमा अपील गर्दै पुनः एकपटक सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।

सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टे कार्यदिनको लागि गरिएको आन्दोलनको स्मरण गराउने गौरवशाली दिनको रूपमा हरेक वर्ष आजकै दिन अर्थात मई १ मा विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइन्छ ।

प्रचण्डले नेपालमा वि.स. २००३ सालमा विराटनगर जुट मिलबाट सुरु भएको श्रमिक आन्दोलन, विभिन्न कालखण्डका सशस्त्र र शान्तिपूर्ण जन–आन्दोलनहरुमा श्रमजीवि जनताको बलिदानीपूर्ण संघर्षलाई हामी गर्वका साथ स्मरण गर्ने गरेको उल्लेख गरेका छन्। ‘आज विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको सामना गर्न सिङ्गो विश्व नै संघर्षरत छ। यतिबेला संसारभरका श्रमजीवि मजदूरहरुको रोजगारी गुमिरहेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.