विश्वभर घट्यो कोरोना कहर, २४ घण्टामा साढे ४५ हजार निको (तालिका)

डिसी नेपाल
२२ वैशाख २०७७ ७:४०

काठमाडौँ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण केही दिनदेखि निरन्तर घट्दै गएको छ।

२१२ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट २ लाख ४८ हजार १४६ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४८१ संक्रमितको मृत्यु भएको छ । यो संख्या यसअघिका दिनहरुमा ज्यान गुमाउनेको संख्या मध्ये सबैभन्दा कम हो । यसअघि शनिबार ५ हजार २१५ संक्रमितको ज्यान गएको थियो।

विश्वभर कोरोना भाइरसको संक्रमणबाट ३५ लाख ६३ हजार ६८९ संक्रमित भएका छन् । जसमध्ये २४ घण्टामा ८२ हजार २६० जना संक्रमित थपिएका हुन् ।

कोरोना संक्रमित मध्ये ११ लाख ५३ हजार ८४७ जना उपचारपछि घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै ४५ हजार ५५२ संक्रमितको उपचार सफल भएको कोरोना भाइरस बारे अपडेट दिँदै आएको वेबसाइड वल्डोमिटर्सले जनाएको छ।

कोरोनाको केन्द्रबिन्दू बनेका स्पेन, इटली, अमेरिका, यूके फ्रान्स र जर्मनीमा कोरोनाको प्रभाव घट्दै गएको छ । र, संक्रमित र मृत्युदर पनि घट्दै गएका छन् ।

यस्तो छ २१२ देशमा कोराना महामारी अपडेट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.