न्यूयोर्क टाइम्सको डरलाग्दो खुलासा, अमेरिकामा आगामी महिनादेखि दोब्बर मानिस मर्न सक्ने

डिसी नेपाल
२२ वैशाख २०७७ २३:४५

वासिंगटन डिसी । अमेरिकामा आउँदा दिनहरुमा प्रतिदिन ३ हजार मानिसहरुको मृत्यु हुने प्रक्षेपण ट्रम्प प्रशासनले गरेको समाचार सार्वजानिक भएको छ ।

अमेरिकाका राज्यहरुलाई लकडाउन खुलाउन दवाव दिँदै आएको राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले आन्तरिकरुपमा भने यस्तो डरलाग्दो अवस्था आउने आंकलन गरेको न्यूयोर्क टाइम्सले मे ४ तारिकमा प्रकाशित समाचारमा उल्लेख छ ।

आन्तरिकरुपले तयार गरिएको प्रतिवेदनमा आगामी जुन १ सम्ममा प्रतिदिन कोरोना भाइरसको संक्रमणका कारण प्रतिदिन ३ हजारका दरले अमेरिकीहरुको मृत्यु हुने उल्लेख गरिएको न्यूयोर्क टाइम्सले दावी गरेको छ।

हाल अमेरिकामा कोरोनाका कारण दैनिक १७ सय ५० जनाको मृत्यु भइरहेको छ । सो प्रतिवेदनको तथ्यांकअनुसार, आगामी महिना अमेरिकामा प्रतिदिन झण्डै दोब्बर मानिसको मृत्यु हुने देखिएको छ ।

ट्रम्प प्रशासनले सेन्टर फर डिजिज कन्टोल एण्ड प्रिभेन्सन(सीडीसी) र फेडेरल इमर्जेन्सी म्यानेजमेण्ट(फिमा) को भविष्यवाणीा आधारमा तयार गरेको प्रतिवेदनअनुसार, आगामी दिनदेखि प्रतिदिन २ लाख मानिसहरु नयां संक्रमित हुनेछन् ।

हाल प्रतिदिन नयां संक्रमितहरुको संख्या २५ हजार छ । न्यूयोर्क टाइम्सको समाचारअनुसार, अमेरिकामा बजारहरु खुल्ला गरिएपछि स्थिति अझ नाजुक हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *