अमेरिकासहित यी ५ देशमा फेरि बढ्यो कोरोनाको संक्रमण र मृत्युदर (२१२ देशको तालिका)

डिसी नेपाल
२४ वैशाख २०७७ ८:०३

काठमाडौँ । कोरोना भाइरसको केन्द्रबिन्दू् बनेर केही मत्थर भएका अमेरिका, बेलायत, स्पेन, इटली र फ्रान्समा फेरि कोरोना भाइरस (कोभिड १९) को संक्रमण र मृत्युदर दुवै बढेको छ।

कोरोनाको सबैभन्दा बढी प्रभावित भएको संयुक्त राज्य अमेरिकामा पछिल्लो २४ घण्टामा २४ हजार ७९८ जना संक्रमित फेला परेका छन् । र, संक्रमितमध्ये २ हजार ३५० संक्रमितको ज्यान गएको छ । अघिल्लो दिन अमेरिकामा कोरोनाबाट १ हजार ३२४ संक्रमितको ज्यान गएको थियो ।

यस्तै यूरोपेली मुलुक स्पेनमा पनि कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढेको छ । स्पेनमा मंगलबार १८५ संक्रमितको ज्यान गएको छ भने २ हजार २६० जना नयाँ संक्रमित फेला परेका छन् ।

अघिल्लो दिन स्पेनमा १ हजार १७९ संक्रमित थपिएका थिए भने १६४ जनाको ज्यान गएको थियो ।

पछिल्लो २४ घण्टामा बेलायतमा ४ हजार ४०६ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । र, कोरोना संक्रमितमध्ये ६९३ संक्रमितको ज्यान गएको छ ।

अघिल्लो दिन मंगलबार बेलायतमा ३ हजार ९८५ संक्रमित थपिएका थिए भने २८८ संक्रमितको ज्यान गएको थियो ।

यस्तै इटलीमा मंगलबार १ हजार ७५ जना नयाँ संक्रमित थपिए भने २३६ संक्रमितको ज्यान गएको छ । अहिल्लो दिन इटलीमा १९५ संक्रमितको ज्यान गएको थियो ।

हालसम्म २५ हजार ५३१ संक्रमितको ज्यान गएको फ्रान्समा पनि पछिल्लो २४ घण्टामा कोरोना संक्रमित र ज्यान गुमाउनेको संख्या बढेको छ ।

बुधबार फ्रान्समा १ हजार ८९ नयाँ संक्रमित थपिएका छन् । र, संक्रमित मध्ये ३३० संक्रमितको ज्यान गएको छ ।

यसअघिल्लो दिन मंगलबार फ्रान्समा ७६९ संक्रमित थपिएका थिए भने ३०६ जना संक्रमितको ज्यान गएको थियो ।

यस्तो छ विश्वका २१२ देशमा कोरोना कहर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.