इटलीले पत्ता लगायो कोरोनाभाइरसको औषधी, पहिलो पटक मानव कोषमा रहेको भाइरस मर्‍यो

डिसी नेपाल
२४ वैशाख २०७७ १५:०८
48
Shares

काठमाडौं। इटलीमा विकास गरिएको एउटा कोरोनाभाइरस भ्याक्स्निले मानवमै सफलतापूर्वक काम गरेको पाइएको छ । मुसामा विकसित गरिएको एन्टिबडी प्रयोग गरी बनाइएको यो भ्याक्सिनले राजधानी रोमको संक्रामक रोगसम्बनधी स्पालान्जानी अस्पतालमा गरिएको परीक्षणमा सफलतापूर्वक काम गरेको पाइएको इटलियन समाचार एजेन्सी एएनएसआइलाई उद्धृत गर्दै अरब न्यूजले लेखेको छ । यो औषधी विकास गरिरहेको कम्पनी ताकिसका सिइओ लुइगी अरिसिचिओले यो भ्याक्सिनले मानव कोषमा रहेको भ्याक्सिन मारेको र यो विश्वमै पहिलो पटक भएको बताए ।

‘यो इटलीमा विकास गरिएको भ्याक्सिनको परीक्षणको सबैभन्दा सबैभन्दा उन्नत चरण हो’ अरिसिचिओले इटलियन समाचार एजेन्सी एएनएसएसँग भने ‘यो गर्मीपछि मानिसमा परीक्षण गर्ने अपेक्षा गरिएको छ ।’ उनले स्पालान्जानी अस्पतालका अनुसार विश्वमै पहिलो पटक यसरी भ्याक्सिनले कोरोनाभाइरसलाई ‘न्यूट्रिलाइजेशन’ गरेको घटना भएको बताए । उनले यो मानवमा पनि हुने अपेक्षा गरिएको बताए ।

उनका अनुसार ताकिसले अमेरिकाको लिनियाआरएक्स कम्पनीसँग किलेर अझै उच्चतम प्राविधिक उपलब्धीको खोजी गरिरहेको बताए । उनले यो कामको लागि अथक परिश्रम गरेको बताउँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थानहरुबाट सहकार्यको अपेक्षा गरिएको बताए । यो औषधी सफल हुनासाथ विश्वभरलाई उपलब्ध गराउने भन्दै उनले थपे ‘यो कुनै प्रतिस्पर्धा होइन । हामीले आफ्नो शक्ति र सीप एकसाथ प्रयोग गर्यौं भने कोरोनाभाइरसलाई जित्न सक्छौं ।’


No ads found for this position

प्रतिक्रिया

One thought on “इटलीले पत्ता लगायो कोरोनाभाइरसको औषधी, पहिलो पटक मानव कोषमा रहेको भाइरस मर्‍यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *