रक्सी खाने बेला साथीले ‘सितन’ नदिएपछि…

डिसी नेपाल
३० वैशाख २०७७ ८:४७

काठमाडौं। रक्सी खाने योजना बनाएका दुई साथीहरुले एउटाले रक्सी र अर्कोले सितन ल्याउने योजना बनाए । रक्सी ल्याउने जिम्मा पाएका साथीले रक्सी त ल्याए तर सितल ल्याउने जिम्मा पाएका साथीले सितन ल्याएनन् । यही रिसमा रक्सी ल्याउने साथीले अर्काको हत्या गरिदिए । आज तकका अनुसार यो घटना भारतको तमिलनाडु राज्यको हो ।

चेंगलपुरा जिल्लाको गुडुवनचेरी शहरमा ३८ वर्षका एक व्यक्तिले ४३ वर्षका साथीको चक्कु प्रहार गरी हत्या गरिदिए । हत्या गरेर वासु नामका आरोपी फरार छन् । उनलाई पुलिसले पक्रन सकेको छैन । यी दुवै साथीहरुले जग्गा दलालीको काम गर्ने बताइएको छ । यसबाहेक उनीहरुले पार्ट टाइम कामको रुपमा ट्याक्सी चलाउने र फूल बेच्ने काम पनि गर्थे ।

लकडाउनका क्रममा बन्द भएका मदिरा पसल केही दिनअघि मात्र खुलेका थिए । मदिरा पसल खुलेपछि दुवैले मदिरा पिउने योजना बनाए । योजनाअनुसार वासुले मदिरा किन्नुपर्ने थियो भने विनयगामले सितन हाँसको मासु पकाएर ल्याउनुपर्ने थियो । वासुले विनयगामलाई साथमा मदिरा पिउन खेतमा बोलाएका थिए । त्यहाँ पुग्दा विनयगामले साथमा हाँसको मासु नल्याएको बताएपछि दुवैको झगडा भयो । रिसमा वासुले विनयगामलाई चक्कु प्रहार गरेर फरार भए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *