प्रधानमन्त्री ओलीको गीतमा शिशिर योगीको संगीत, लकडाउन पछि घन्किने
फाइल फाेटाे।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको कविताले अब गीतको गती लिएको छ । ओलीको ‘अब आँसु खसाउनु पर्दैन’ शीर्षकको कवितामा रचनाकार तथा गायक शिशिर योगीले संगीत भरेसँगै कविताले पूर्ण गीतको रुप लिएको हो ।
‘अब आँसु खसाउनु पर्दैन’
अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन
नेपाली मन अब फुट्दैन
राष्ट्रिय एकता टुट्दैन
शान्ति अब यहाँ मर्दैन
बढ्यो नेपाल अब बढ्यो अघि
विकासमा पछि पर्दैन
गणतन्त्र हो यो गणतन्त्र
सार्वभौम जनताको जनतन्त्र
अब आँसु खसाउनु पर्दैन
योगीले चार दिन लगाएर कवितालाई संगीतको लयमा ढालेको बताएका छन् । उनका अनुसार, गीतको रेकर्डिङ भने लकडाउन खुलेपछि मात्र हुने छ ।
योगीले देशभक्ति पोखिएको कवितामा संगीत भरेर प्रधानमन्त्रीलाई सुनाइसकेका छन् । गीत सुनेसँगै प्रधानमन्त्रीले आफुमा थप उर्जा थपिएको भन्दै अर्को कवितामा पनि संगीत भर्न लगाएका छन् ।
उनका अनुसार, मिर्गौला प्रत्यारोपणको चौथो दिन सिसियूमा रहेकै वेला प्रधानमन्त्री ओलीले उक्त कविता रचना गरेका थिए।







डिसी नेपाल








Facebook Comment