सीमा अतिक्रमण विरुद्धको प्रदर्शनमा २२ अधिकारकर्मी पक्राउ
काठमाडौं । भारतले गरेको नेपाली भूमि अतिक्रमणविरुद्ध मानव अधिकार तथा शान्ति समाजले मंगलबार दिउँसो भारतीय दूतावास लैनचौर अघि विरोध प्रदर्शन गरेको छ ।
विरोध प्रदर्शनबाट प्रहरीले अधिकारवादी नेता एवं शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, अपिल समिति संयोजक बटुकृष्ण ढुङ्गेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य गीता तिमल्सिना, अधिकारकर्मीहरु जगन्नाथ पुडासैनी, चन्द्रमणि बञ्जारा, नानीकाजी गिरी, ईश्वर पुडासैनी, अमृतजङ्ग महत, विकास थापा, भगवान पुडासैनी, रामहरि श्रेष्ठ, उमा गौतम, लक्ष्मी राना पुडासैनी, माया भट्टराई, ज्ञानहरि ढुङ्गाना, सुरज बोहरा, हरिचन्द्र पुडासैनी, ललित पुन र धिरेन पुन गरी २२ जनालाई गिरफ्तार गरेको छ ।
गिरफ्तार अधिकारकर्मीहरुलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखिएको सभापति पुडासैनीले जानकारी दिए । विरोध प्रदर्शनका क्रममा सीमा अतिक्रमण अपराध हो, नेपालको सार्वभौमसत्ताको सम्मान गर, लिपुलेक सडक निर्माण तत्काल रोक, भारतीय सेना कालापानीबाट फिर्ता गर लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो । समाजको दाङ शाखाले पनि भारतले गरेको सीमा अतिक्रमणको विरोधमा आज बिहान तुलसीपुरमा विरोध प्रदर्शन गरेको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment