बालिकालाई बलात्कार गर्दै गर्दा बाहिरबाट श्रीमतीले चुक्कुल लगाइदिएपछि…
अभियुक्त तोमकुमार लिम्बू । तस्वीरः अन्नपूर्ण पोस्ट
काठमाडौं। आफ्नै घरमा १५ वर्षकी बालिकालाई बलात्कार गर्दै गरेको अवस्थामा श्रमितीले बाहिरबाट चुक्कुल लगाइदिएपछि भित्रै थुनिएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको उर्लाबारी नगरपालिका–४ का ३९ वर्षका तोमकुमार लिम्बुलाई पक्राउ गरिएको हो ।
अन्नपूर्ण पोस्टका अनुसार हिजो बुधबार बिहान घरका सबैजना खेतमा काम गर्न गएका बेला आफू घरमा एक्लै भएको मौका छोपी लिम्बूले छिमेककी १५ वर्षकी बालिकालाई बोलाएर बलात्कार गर्दै थिए । अचानक श्रीमती घर फर्किंदा भित्र श्रीमानको चालामाला निको नलागेपछि उनले बाहिरबाट चुक्कुल लगाइदिएर छिमेकीलाई बोलाएकी थिइन् ।
छिमेकीहरु जम्मा भएर बालिकालाई यसबारे सोध्दा बालिकाले तोमकुमारले आफूलाई ललाइफकाइ बलात्कार गरेको खुलाएकी थिइन् । बालिकालाई उपचार र स्वास्थ्य परीक्षणका लागि विराटनगरको कोसी अस्पताल पठाइएको छ। स्वास्थ्य परीक्षण सम्बन्धी प्रारम्भिक रिपोर्टले पनि बालिका बलात्कृत भएको देखाएको प्रहरीले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment