शेयर बजार पुनः बन्द

डिसी नेपाल
१ जेठ २०७७ १३:२७

काठमाडौं। लकडाउनसँगै ४९ दिनपछि खुलेको शेयर बजार पुनः बन्द भएको छ। नेपाल धितोपत्र बोर्डले बजार बन्द गर्न निर्देशन दिएसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचना निकालेर विहिबारबाट कारोबार बन्द गरेको हो।

मंगलबार र बुधबार दुई दिन संचालन भएको बजार दुई प्रतिशतको नकारात्मक सर्किट ब्रेक लागेसँगै छिट्टै बन्द भएको थियो। नेप्सेले २ घण्टाका लागि बजार खुल्ला गरेपछि पहिलो दिन डेढ घण्टामा र दोस्रो दिन आधा घण्टामै कारोबार बन्द भएको थियो।

दुई दिन कारोबार सञ्चालन हुँदा बजार करिब ५० अंकले ओर्लिएर १२०१ अंकमा आइसकेको थियो। नेप्सेले सूचना जारी गर्दै लकडाउन अवधि जेठ ५ गतेसम्म बजार बन्द रहने उल्लेख गरेको छ।  सरकारले लकडाउन र पासलाई कडाइ गरेको र जोखिम समेत बढेको भन्दै बजार बन्द गर्ने निर्णय गरिएको नेप्सेद्वारा जारी सूचनामा उल्लेख छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *