एउटै दृश्यमा साउथ फिल्मको यति धेरै खर्च, जति खर्चमा बन्छन् पूरै ५ बलिउड फिल्म
हैदराबाद। साउथका सुपरस्टार चिरञ्जीवी छिट्टै फिल्म ‘शेरा नरसिम्हा रेड्डी’मा देखिँदैछन्। यो फिल्म सुटिङका बेलादेखि नै आफ्नो बजेटका कारण चर्चामा छ।
यो पिरियड ड्रामा फिल्मको एक युद्धको दृश्यको लागि मात्रै ५४ करोड रुपैयाँ खर्च भएको छ। खास कुरा त के भने यो दृश्य मात्रै ८ मिनेटको छ। यो चिरञ्जीवीको १५१ औं फिल्म हो जसलाई उनका छोरा राम चरण तेजाले निर्माण गर्दैछन्।
आफ्ना पिताको फिल्म हिट बनाउनको लागि राम चरण तेजा जति पनि रकम खर्च गर्न तयार छन्। फिल्मको कूल बजेट करिब २ सय करोड भएको बताइएको छ। यही बजेटमध्ये ५४ करोड मात्रै ८ मिनेटको दृयको लागि खर्च गरिएको हो। फिल्मको टिम अहिले जर्जियामा यही युद्धको दृश्यको सुटिङ गर्दैछ। यो दृश्य फिल्मको क्लाइमेक्स भएको बताइन्छ।
फिल्मको सुटिङका लागि १५० जनालाई हैदराबादबाट जर्जिया लगिएको छ। यो दृश्यका लागि भारतबाट लगिएका १५० सहित जर्जियामै स्थानीय कलाकार ६ सय जनालाई पनि लिइएको छ।
यो फिल्ममा अमिताभ बच्चन पनि अहम भूमिकामा देखिँदैछन्। फिल्ममा अमिताभ र चिरञ्जीवीका साथमा कन्नड सुपरस्टार सुदिप, तमिल सुपरस्टार विजय सेतुपति, तमन्ना भाटिया, नयनतारा र जगपति बाबुजस्ता सुपरस्टार पनि रहनेछन्। फिल्म आन्ध्र प्रदेशका स्वतन्त्रता योद्धा उय्यलावाडा नरसिम्हा रेड्डीको बायोपिक हो। फिल्म २०१९ मा रिलिज हुनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment