राष्ट्रपति भण्डारीलाई संसदमा स्वागत (फाेटाेफिचर)

डिसी नेपाल
२ जेठ २०७७ १६:५३

काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारी मास्क लगाएर सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न आएकी छन्। विश्वभर कोरोना भाइरसको महामारी चलेका बेला हुन लागेको संसद्को बजेट अधिवेशनको संयुक्त बैठकलाई सम्बोधन गर्न उहाँ अपराह्न मास्क र हातमा पञ्जासहित आएकी हुन्।

सरकारको नीति तथा कार्यक्रम वाचन गर्दा भने उहाँले मास्क हटाउनुभएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका प्रायः सबै सदस्यले पनि कोभिड –१९ सङ्क्रमण जोखिमबाट बच्न मास्क लगाएका छन्।

राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्बाहाङ्फेलगायतले स्वागत गरेका थिए । सो अवसरमा राष्ट्रपति भण्डारीमा सम्मानमा सलामी दिइएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *