सुत्केरीको हेलिकप्टरद्वारा उद्धार

डिसी नेपाल
२ जेठ २०७७ १९:०२

गलकोट । अत्यधिक रक्तश्राव भएकी सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बागलुङ नगरपालिका–११ रायडाँडाकी २८ वर्षीया पवित्रा थापामगरको हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौँ लगिएको छ ।

मगरले आज बिहान शल्यक्रियामार्फत धौलागिरि अस्पतालमा छोरा जन्माए पनि अत्याधिक रक्तश्रावका कारण थप उपचारका लागि काठमाडौँस्थित टिचिङ अस्पताल पठाइएको धौलागिरि अञ्चल अस्पताल बागलुुङका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र पोखरेलले जानकारी दिए । थापाले शल्यक्रियामार्फत बच्चा निकालिए पनि रक्तश्राव नरोकिएपछि काठमाडौँ रेफर गर्नुपरेको अस्पतालले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *