कोरोनाका कारण ज्यान गुमाएकी महिलाले जन्माएको शिशुसहित परिवारको रिपोर्ट आयो
काठमाडौं। कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाएकी सिन्धुपाल्चोककी २९ वर्षकी महिलाले भर्खरै जन्माएको नवजात शिशुसहित उनको सम्पर्कमा आएका उनका परिवारका सदस्यको कोरोना टेस्ट रिपोर्ट आएको छ । महिलाको शिशु, श्रीमान, सासु र बहिनीको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा भाइरस संक्रमण देखिएन ।
सबैको अवस्था सामान्य छ । तर, नवजात शिशुलाई भने जन्डिसको समस्या देखिएको छ । यसप्रकारको जन्डिसको समस्या अन्य शिशुहरुमा पनि देखिने भएकोले आत्तिनु पर्ने अवस्था नभएको अस्पतालले जनाएको छ । उनीहरु सबै अस्पतालको आइसोलेसनमा छन् । सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो। उनी कोभिड–१९ का कारण नेपालमा मृत्यु हुने पहिलो व्यक्ति हुन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment