कोरोनामुक्त नेपाल सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री ओली

डिसी नेपाल
६ जेठ २०७७ १२:४२

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पहिलो प्राथमिकता कोरोनामुक्त नेपाल बनाउनु रहेको बताएका छन्। मंगलबार संघीय संसदलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रममा कोरोना नियन्त्रणलाई प्रमुखताका साथ राखेको उल्लेख गर्दै सरकारको पहिलो प्राथमिकता कोरोनामुक्त नेपाल बनाउनु रहेको उल्लेख गरेका छन्।

कोरोना संक्रमण सम्बन्धि विश्वको आँकडा प्रस्तुत गरेका प्रधानमन्त्री ओलीले कोरोना संक्रमण विस्तारै मुलुकमा बढिरहेको बताए। बाहिरबाट आएका नागरिकमार्फत नेपालमा कोरोना समुदायस्तरमा फैलिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले चीन र इटलीबाट आएको भाइरसभन्दा भारतबाट आएको भाइरस कडा रहेको बताए।

उनले भारतबाट धेरै मानिस संक्रमित भएर आएको र ती व्यक्ति कोही लुकेर बस्ने, कोही सिधै घर गइदिने र कोही समुदायमा घुलमिल भएकाले संक्रमितको संख्या बढिरहेको उनको भनाइ थियो।

कोरोना भाइरसले विश्वलाई हल्लाएको उल्लेख गर्दै प्रधानम्न्त्री ओलीले कोरोनाका कारण मानव जातिको अस्तित्व संकटमा परेको उल्लेख गरे। सुरुका दिनमा नेपालले कोरोना नियन्त्रण गर्न सफल भएपनि जनता, जनप्रतिनिधि र सीमामा आएर बसेका नागरिकको दबाबका कारण ती नागकिरलाई स्वदेश भित्र्याइएको बताए।

अहिले पनि नेपालमा कोरोना संक्रमण रोक्न सक्ने अवस्थामा रहेको उल्लेख गर्दै लकडाउनको इमान्दारितापूर्वक परिपालना गर्न आग्रह गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *