एन्टीस्नेक भेनम देशभर १ हजार २६९ डोज मौज्दात छ : मन्त्री मेहता

डिसी नेपाल
१९ साउन २०८३ १५:३४

काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले देशभर सर्पदंश उपचारका लागि प्रयोग हुनेएन्टी स्नेक भेनम पर्याप्त मात्रामा मौज्दात रहेको जानकारी दिएकी छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले स्वास्थ्य सेवा प्रवाहलाई थप सहज, गुणस्तरीय, प्रभावकारी र सर्वसुलभ बनाउने विषयमा मन्त्रालय गम्भीर रहेको बताइन्।

उनले सरकारले स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर आवश्यक काम अघि बढाइरहेको उल्लेख गर्दै मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित प्रश्न र सुझावलाई विषयगत रूपमा समेटेर जवाफ प्रस्तुत गरिएको बताइन्।

उनले भनिन्,‘स्वास्थ्य सेवा प्रवाहलाई थप सुलभ, गुणस्तरीय, प्रभावकारी र सर्वसुलभ बनाउने सम्बन्धमा माननीय सदस्यज्यूहरूले उठाउनुभएका विषयप्रति मन्त्रालय पूर्ण रूपमा गम्भीर छ। सरकारले यसलाई उच्च प्राथमिकतामा राखी आवश्यक सुधारका लागि कार्यहरू अघि बढाइरहेको छ।’

एन्टीस्नेक भेनमको आपूर्तिसम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार हाल देशभर १ हजार २६९ डोज एन्टीस्नेक भेनम मौज्दात रहेको जानकारी दिइन्।

उनका अनुसार केन्द्र स्टोरमा १३८ डोज, प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रहरूमा ४४४ डोज, स्वास्थ्य कार्यालयहरूमा २२२ डोज र सर्पदंश उपचार केन्द्रहरूमा ४६५ डोज एन्टी स्नेक भेनम उपलब्ध रहेको छ।

उनले भनिन्, ‘एन्टी स्नेक भेनमको आपूर्तिसम्बन्धी प्रश्नहरू पनि उठाउनुभएको छ। स्वास्थ्य सेवा विभागको आजको तथ्यांकअनुसार हाल देशभर केन्द्र स्टोरमा १३८, प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रहरूमा ४४४, स्वास्थ्य कार्यालयहरूमा २२२ तथा सर्पदंश उपचार केन्द्रहरूमा ४६५ गरी जम्मा १ हजार २६९ डोज सर्पदंश उपचारमा प्रयोग हुने एन्टी स्नेक भेनम मौज्दात रहेको छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *