कोरोनाबाट निको हुनेको संख्या बढ्दै, थप ८ जना डिस्चार्ज
काठमाडौं । कोरोनाको संक्रमणसँग लडेर बिजयी हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । नेपालमा थप ८ जना कोरोनाको संक्रमणबाट मुक्त भएपछि यो संख्या ४५ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोशि अस्पतालमा उपचार गराईरहेको ८ जनाले बुधबार कोरोनसँग बिजयी भएका छन्। ५ जना भारतीय जमाती र ३ जना उदयपुरका बासिन्दासहित ८ जनाले विश्वभर भयावह रुप लिएको कोरोनाबाट मुक्ति पाएका हुन्।
‘कोरनाबाट मुक्त भएपनि नेपालमा यसको प्रकोप बढ्दो भएका कारण पुनः संक्रमण हुँदैन भन्न सकिदैन’, एक डाक्टरले डिसी नेपाललाई भने, ‘हर कोहीले सुरक्षित रहन जरुरी छ’।
उनका अनुसार कोरोनाको संक्रमणबाट जोगिने उपाए सामाजिक दुरी र व्यक्तिगत सरसफाइ रहेको छ। जतिसक्दो आत्मबलका साथ सावधानी अपनाएको खण्डमा कोरोनाले सहजै असर गर्न सक्दैन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment