संविधान संशोधन प्रस्ताव संसदमा लैजाने सरकारको निर्णय
काठमाडौं। सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले संविधानको अनुुसूची ३ संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको हो।
सरकारले भारतले बुधबार अतिक्रमित गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेको नक्सा जारी गरेको थियो। सरकारले सार्वजनिक गरेको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानको अनुसूची तीनमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको कानुन मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले जानकारी दिइन्।
‘सरकारले बुधबार प्रकाशन गरेको नयाँ नक्सा कार्यान्वन गर्न संधिवानको अनुसूची तीनमा रहेको निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव लैजाने निर्णय भएको छ,’ मन्त्री तुम्वाहाम्फेले डिसी नेपालसँग भनिन्।
यसैगरी मन्त्रिपरिषद बैठकले यसअघि सरकारले जारी गरेको राजनीति दल विभाजन सम्बन्धि अध्यादेश र संवैधानिक परिषद सम्बन्धि अध्यादेशलाई प्रतिश्पान गर्न प्रतिश्थापन विधेयक लैजाने निर्णय गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment