थप ३६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५८४ पुग्यो

डिसी नेपाल
१० जेठ २०७७ १६:३५

काठमाडौं । कोरोनाबाट थप ३६ जना संक्रमित भएका छन् । विभिन्न प्रयोगशालामा भएको परीक्षणमा पछिल्लो समय ३६ जनामा कोरोना पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार, सुर्खेत, झापा , बाँके र बर्दिया र वैतडीका गरी ३६ जनामा कोरोना पुष्टि भएको हो ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको डा. देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत जानकारी दिए । संक्रमित हुनेमा बाँके २७, बर्दियामा १, वैतडिमा ४, सुर्खेतमा ३ र झापामा १ जना रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *