किसानका उत्पादन बिक्रीका लागि हाटबजार

डिसी नेपाल
१० जेठ २०७७ १८:५५

स्याङ्जा । ‘लकडाउन’का कारण आफूहरुले उत्पादन गरेका वस्तुले बजार नपाएको भन्दै किसानको गुनासो बढ्दै गएपछि भिरकोट नगरपालिकाले किसानले उत्पादन गरेका कृषिउपजको विक्री वितरणका लागि हाटबजार सञ्चालनमा ल्याएको छ ।

कोभिड– १९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउन लम्बिँदै जाँदा किसानले उत्पादन गरेका कृषिउपजले बजार नपाएर कुहिएर जाने अवस्था आएपछि नगरपालिकाले हाटबजार सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

वडा नं १ मा रहेको बसपार्कमा आजदेखि सामाजिक दूरी कायम गरी कृषि हाटबजार सञ्चालनमा आएको छ । बिहान ८ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म सञ्चालनमा आउने हाटबजारमा किसानले उत्पादन गरेका तरकारी फलफूललगायतका वस्तु नगरपालिकाले खरिद गरेर उपभोक्तालाई बिक्री वितरण गर्ने नगरपालिकाले जनाएको छ ।

नगरप्रमखु छायाराम खनालले ‘लकडाउन’का कारण समस्यामा परेका किसान र उपभोक्ताबीचको पुलको काम नगरपालिकाले गरेको बताए । किसानले उत्पादन गरेका वस्तु खेर जाने अवस्था आएपछि हाटबजार सञ्चालन गर्ने निर्णय गरिएको नगरप्रमुख खनालले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *