हामी नेपाली ग्लोवल संस्थाको आपतकालिन राहात कोष घोषणा
वासिङ्टन डिसी, अमेरिका । विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मालामा गाँसेर सहयोग र सहकार्य अगाडि बढाउन भन्दै हामी नेपाली ग्लोवल नामक संगठनले आपतकालिन राहात कोष खडा गरेको छ।
विश्वभर कोरोना संक्रमित भएका नेपालीहरुलाई सहयोग गर्नका लागि हामी नेपाली ग्लोवल संस्थाले अन्तराष्टिय संयोजक टेक वाइवा लामाको नेतृत्वमा टाक्स फोर्स आपतकालिन राहात कोष खडा गरेको हाे।
संस्थाका अध्यक्ष अमृत लामाको अध्यक्षता एवं प्रथम उपाध्यक्ष नबरज केसी लगायत संसारभरबाट सहभागी सदस्यहरुको पूर्ण बैठकले अन्तराष्टिय संयोजक टेक वाइवा लामाको नेतृत्वमा आपतकालिन राहात कोष निर्माण गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
उक्त अनलाईन बैठकमा विश्वभरबाट ६२ जना सदस्यहरु सहभागी थिए ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment