प्रहरीलाई कुटपीट गर्ने चार जना पक्राउ

डिसी नेपाल
११ जेठ २०७७ १३:३३

काठमाडौं। प्रहरीलाई हातपात गरेको अभियोगमा भक्तपुरको सूर्यविनायक नगरपालिका ७ घ्याम्पेडाँडाबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

ड्यूटीमा खटिएका प्रहरीलाई हातपात गरेको अभियोगमा भक्तपुर सल्लाघारी बस्ने उदयपुर घर भएका २२ वर्षीय जीवन खनाल, भक्तपुर गोलमडी बस्ने ३१ वर्षीय योगेन्द्र लाखाजु र सूर्यविनायक नगरपालिका ५ कटुन्जे बस्ने ४१ वर्षीय उपेन्द्र घिमिरे पक्राउ परेका हुन् ।उनीहरु बा.१८ च ५८२५ नम्बरको कारमा सूर्यविनायकतर्फ गइरहेका थिए ।

सोही ठाउँमा महानगरीय प्रहरी प्रभाग कटुन्जेबाट ड्युटीमा खटिएको प्रहरीले सूर्यविनायकबाट घ्याम्पेडाँडातर्फ जाँदै गरको उक्त कारलाई जाँच गर्दा मादक पदार्थ सेवन गरी कारमा सवार उनीहरुलाई सम्झाई बुझाई गर्ने क्रममा वादविवाद गरी प्रहरीलाई हातपात गरेका हुन् ।

त्यस्तै, सूर्यविनायक नगरपालिका ६ घलाते चोकमा प्रहरीलाई हातपात गरेको अभियोगमा ललितपुर बडिखेल बस्ने २५ वर्षीय विकेस श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका विकेसलेउक्त ठाउँमा ड्यूटीमा खटिएको प्रहरीलाई हातपात गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *