लकडाउन खोलेपछि अमेरिकामा झन फैलियो कोरोना

डिसी नेपाल
१२ जेठ २०७७ ८:३४

वाशिंटन। अमेरिकामा लकडाउन खुलुलो बनाएपछि कोरोना संक्रममितको संख्या झन बढेको छ। अमेरिकाको मिसौरीमा एक जना हजामबाट ९१ जनामा कोरोना संक्रमण फैलिएको पुष्टि भएको छ। तीमध्ये ८४ जना सैलुनमा कपाल काट्ने ग्राहक रहेका छन् भने बाँकी हजाम रहेको खुलेको छ। लकडाउन खुकुलो बनाएपछि आठ दिनसम्म काम गर्दा त्यहाँ संक्रमण फैलिएको बताइएको छ।

मिसौरीमा ४ मेबाट सैलुन खुलाइएको थियो। मिसौरीमा अहिलेसम्म ११ हजार ७ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ६ सय ७६ जनाको मृत्यु भएको छ। मिसौरीमा राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीका नेता माइक पार्सन गर्भनर छन्। ट्रम्प सुरुदेखि नै लकडाउन खोल्नु पर्ने पक्षमा रहँदै आएका छन्।

उता वाशिंटनको स्पोकन शहरको एक पास्ता फ्याक्ट्रीमा २२ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। डेमेक्रेटिक पार्टीका नेता जे इन्सली वाशिंटनका गभर्नर हुन्। इन्सलीले लकडाउन खोल्न ट्रम्पले दबाव दिएको भन्दै ट्रम्पको आलोचना गर्दै आएका छन्। वाशिंटनमा आंशिक पसल खुला छन्। त्यहाँ केही खाद्य उद्योग पनि खोलिएको छ।

वाशिंटनमा हेयर सैलुन, जिम एक जुनदेखि खोल्न सकिने बताइएको छ। वाशिंटनमा अहिलेसम्म २० हजार ३ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार ७६ जनाको मृत्यु भइसकेको छ। अमेरिकाका ५० राज्यमा अगल अगल समयमा लकडाउन खुल्ला गरिएको छ।

अमेरिकामा राष्ट्रपति पदको चुनावका लागि डेमेक्रेटिक पार्टीबाट प्रवल दाबेदार जो बाइडेनले ट्रम्पको आलोचना गरेका छन्। बाइडेनले अमेरिकामा कोरोनाबाट करिव १ लाख मानिसाके मृत्यु भइसक्दा राष्ट्रपति ट्रम्प भने गल्फ खेलिरहेको आरोप लगाएका छन्। ट्रम्पले लकडाउन सुरु भएपछि पहिलो पटक शनिबार भर्जिनियामा गल्फ खेलेका थिए। अमेरिकामा अहिलेसम्म १६ लाख ६६ हजार ८२९ जनामा कोरोना संक्रमण देखिएको छ भने ९८ हजार ६ सय ८३ जनाको मृत्यु भइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *