प्रधानमन्त्री बोरिस जोनसनविरुद्ध बेलायतको मन्त्रीपरिषदमा विद्रोह

डिसी नेपाल
१२ जेठ २०७७ १३:४१

काठमाडौं। बेलायती व्रधानमन्त्री बोरिस जोनसनले मन्त्रिपरिषदमा सहकर्मी मनत्रीहरुको विद्रोहको सामना गर्नुपरेको छ । लकडाउन उल्लंघन गरेका आफ्ना बरिष्ठ सल्लाहकार डोमिनिक कमिंसको बचाउ गरेको भन्दै सहकर्मी मन्त्रीहरुले जोनसनविरुद्ध विद्रोह गरेको बेलायती पत्रिका द सनले लेखेको छ ।

कमिंसले लकडाउनको बेला नियमको उल्लंघन गर्दै २५० माइल गाडीमा यात्रा गरेपछि उनकै कन्जरभेटिभ पार्टीभित्रैबाट उनको राजीनामा माग भइरहेको द सनले आइतबार अबेर रिपोर्टिङ गरेको थियो । ‘उनी (कमिंस) रहिरहन (पदमा) सक्दैनन्’ द सनले नाम उल्लेख नगरी एक क्याबिनेट मन्त्रीलाई उद्धृत गरेको छ ‘त्यहाँ बोरिसबाट पनि केही कडाइ हुनुपर्छ । उन्यथा उनी (बोरिस) ले आगामी १० हप्ता यही विषयमा प्रश्नहरुको जवाफ दिइरहनुपर्नेछ ।’

‘यो कुनै बबल स्टोरी होइन । वास्तविक नागरिकहरु आक्रोशित छन् किनकि उनीहरुले सही काम गरिरहेका छन् र आइसोलेसनमा छन्’ ती मन्त्रीले भने । अर्का एक मन्त्रीले ती सल्लाहकारलाई फेरि अनुबन्ध गर्नु भनेको ठूलो कमजोरीको संकेत भएको आरोप लगाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *