‘चिनियाँ सेना भारतीय क्षेत्रमा १० किलोमिटर भित्र घुस्यो, सय भन्दा धैरै पाल गाड्यो’

डिसी नेपाल
१३ जेठ २०७७ १४:४२

काठमाडौं। पूर्वी लद्दाखको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)को आसपास चीन र भारतका सेनाबीच तनाव बढिरहेको देखिएको छ । यदि यी दुवै सेना भिडन्तको स्थितिमा आएमा २०१७ मा डोकलाममा भएको झडपपपछिको यो सबैभन्दा ठूलो विवाद हुनेछ । समाचार एजेन्सीले सूत्रको हवाला दिँदै लेखेअनुसार भारतले पेगोंग त्सो ताल र गालवान उपत्यकामा सैनिक बढाएको छ ।

यी दुई क्षेत्रमा चीनले २ हजारदेखि अढाइ हजार सैनिक तैनाथ गरेको छ । साथमा चीनले अस्थायी सुविधा पनि बढाइरहेको छ । चीनले लद्दाखका कैयौं क्षेत्रमा आफ्नो दावी गर्छ । भारतीय सेनाका एक उच्च अधिकारीले समाचार एजेन्सीलाई बताए अनुसार यी दुवै क्षेत्रमा भारतको क्षमता चीनको भन्दा राम्रो छ । तर, सबैभन्दा चिन्ताको कुरा भारतीय पोस्ट केएम १२० र गालवान उपत्यका समेत कैयौं अहम विन्दूमा चीनका सैनिक छन् । भारतले चीनको यो कदमलाई सामान्य मानेको छैन ।

पूर्वी लद्दाखमा एलएसीमा भारत र चीनबीच करिब २ महिनादेखि तनावको स्थिति छ । यस बीच चीनले भारतीय इलाकामा १० किलोमिटर भित्र घुसेर १०० भन्दा धेरै पाल गाडेको समाचारमा जनाइएको छ । यो महिना दुई देशका सैनिकबीच दुई पटक झडप भइसकेको छ । -दैनिक भास्करबाट




प्रतिक्रिया

One thought on “‘चिनियाँ सेना भारतीय क्षेत्रमा १० किलोमिटर भित्र घुस्यो, सय भन्दा धैरै पाल गाड्यो’

Leave a Reply

Your email address will not be published. Required fields are marked *