आईसीसीको नियमले क्रिकेट बर्बाद हुने मिचेल स्टार्कको चेतावनी

डिसी नेपाल
१३ जेठ २०७७ १८:४६

काठमाडौं । अहिलेको समयमा विश्वकै उत्कृष्ट तिव्र गतिका बलर मध्ये एक अष्ट्रेलियाका मिचेल स्टार्कले क्रिकेट बललाई टल्काउन प्रयोग गरिने रर्‍यालमा प्रतिबन्ध लगाएको बारेमा भएको निर्णय प्रति असन्तुष्टि जनाएका छन । स्टार्कले भने “रर्‍यालमा लगाईएको प्रतिबन्धले तिव्र गतिका बलरहरुको सन्तुलन बिग्रने हुदा भविष्यमा कुनैपनि ब्यक्ति तिव्र गतिका बलर बन्न नचाहने बताएका छन ।”

स्टार्क एक अनलाइन प्रेस सम्मेलन मा भने, “हामीहरु आफ्नो महत्वकांक्षालाई मारेर एकतर्फी प्रतिस्पर्धा गर्न चाहन्दैनौ । यस्तो अवस्थामा अन्य केही गर्न आवश्यक हुन्छ, जसकारण बल लाई स्विङ गर्न सकियोस ।” उनले भने, “यदि यस्तो नभएको खण्डमा मानिसहरुको क्रिकेट प्रतिको लगाव घटनेछ र युवाहरु क्रिकेट बाट टाढा हुन थाल्नेछन । अष्ट्रेलियाका पिचहरू विगत केही वर्षहरूमा समतल भएका छन् र यदि बल सिधा भयोभने यो धेरैनै बोरिङ प्रतिस्पर्धा हुनेछ।”

आईसीसी क्रिकेट समितिले भर्खरै कोरोना भाइरसको खतरालाई रोक्नको लागि रर्‍यालको प्रयोगमा प्रतिबन्ध लगाउन सिफारिस गरेको छ। स्टार्कका अनुसार बललाई फरक तरिकाले चम्काउने अनुमति दिनुपर्छ। उनले भने, “अहिलेको अवस्था सामान्य छैन र यदि आईसीसीले बलमा केही समयको लागि रर्‍यालको प्रयोग रोक्न चाहान्छन् भने उनीहरूले रर्‍याल को ठाउमा अन्य केहीकुरा प्रयोग गर्ने बारे सोच्न आवश्यक छ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *