बलात्कार आरोपी पूर्व डिएसपी खिउजु पूर्पक्षका लागि जेल चलान

डिसी नेपाल
१५ जेठ २०७७ १७:०३
4
Shares

काठमाडौ । किशोरी बलात्कार मुद्दाका आरोपी नेपाल प्रहरीका पूर्व डीएसपी राजकुमार खिउजु मुद्दा पुर्पक्षका लागि जेल चलान भएका छन्।

किशोरी बलात्कारको आरोप लागेपछि नेपाल प्रहरीबाट स्वेच्छिक अवकाश लिएका डिएसपी खिउजुलाई गत माघमा प्रहरीले पक्राउ गरेको थियो। जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि खिउजुलाई पक्राउ गर्न अदालतले गत मा २३ गते अनुमति दिएको थियो।

ललितपुर महांकालकी २१ वर्षीया युवतीले खिउजुविरुद्ध ललितपुर प्रहरी परिसर, जावलाखेलमा किटानी जाहेरी दिएकी थिइन्। प्रहरी रिपोर्ट बनाउनका लागि ३० माघ २०७५ मा महानगरीय प्रहरी वृत्त, चापागाउँ पुगेका बेला सहयोग गर्ने बहानामा आफूलाई एक्लै बनाएर कार्यकक्षमै जबरजस्ती गरेको भन्दै पीडित किशोरीले प्रहरीका जाहेरी दिएकी थिइन्।

यो घटनालाई लिएर पीडित युवती विभिन्न प्रहरी उच्च अधिकारसम्म पुगेपछि खिउजुले मंसिरको अन्तिम हप्तामा घरायसी कारण देखाउँदै राजीनामा दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *