पाकिस्तान विमान दुर्घटनाः जलेको विमानको भग्नावशेषमा ३ करोड रुपैयाँ नगद भेटियो

डिसी नेपाल
१६ जेठ २०७७ १६:३२

इस्लामाबाद। पाकिस्तानमा २२ मेमा दुर्घटना भएको विमानको अवशेषबाट फरक फरक देशका ३ करोड रुपैयाँ बराबरको मुद्रा भेटिएको छ । जाँच अधिकारीका अनुसार अब यो खोजी भइरहेको छ कि यति ठूलो रकम एयरपोर्ट सुरक्षा र लगेज स्क्यानरले किन समाउन सकेनन् । रकम दुईवटा ब्यागमा भेटिएको छ । जाँचमा जुटेका अधिकारीका अनुसार दुर्घटनामा मृत्यु भएका व्यक्ति र उनीहरुको लगेजको पहिचानको कार्य भइरहेको छ ।

दुर्घटनाग्रस्त विमानको संचालक कम्पनी पाकिस्तान इन्टरनेशनल एयरलाइन्सका एक अधिकारीका अनुसार यो रकम गैरकानुनी हो र तस्करी गरिँदै थियो । उनले पाकिस्तान टुडेसँग कुरा गर्दै एयरलाइन्सलाई पूर्व जानकारी नदिइ यति ठूलो रकम विमानमा ओसारपसार गर्न नपाइने बताए ।

ती अधिकारीका अनुसार यति ठूलो रकम ओसारपसार गर्नको लागि एक जना यात्रुबराबरको थप सिट लिनुपर्छ । यति ठूलो रकम लगेजमा वा क्याबिन ब्यागमा लैजान पाइँदैन । यो रकम एउटा सिटमा राखिएको हुनुपर्छ र रकमको मालिक रकम राखिएको सिटको छेउको सिटमा बस्नुपर्दछ । ती अधिकारीका अनुसार कुनै पनि थप सिट कुनै यात्रुले लिएका थिएनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *