भारतसँग सीमा विवादमा अमेरिका मिसिएपछि चीनले अमेरिकालाई दियो यस्तो जवाफ
काठमाडौं। भारत र चीनबीच जारी सीमा विवाद सुल्झाउनका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यस्थता गरिदिने प्रस्ताव राखेका छन् । भारतले पहिले नै यो प्रस्तावलाई अस्वीकार गरिसकेको थियो । अब चीनले पनि यो प्रस्ताव अस्वीकार गरेको छ । चीनको विदेश मन्त्रालयले आधिकारिक बयान जारी गर्दै भारत र चीनले आपसमा मिलेर कुनै पनि विवाद समाधान गर्न सक्ने प्रस्ट पारेको छ ।
समाचार एजेन्सी रोटर्सका अनुसार चीनको विदेश मन्त्रालयका प्रवक्ताले भारत र चीन कुनै पनि आपसी विवादलाई संवादको माध्यमबाट हल गर्न सक्षम भएकोले कुनै तेस्रो देशको यो विवादमा आवश्यकता नभएको बताएका छन् । विदेश मन्त्रालयले भारत र चीन मिलेर यो विवादको समाधानको प्रयास गरिरहेको पनि प्रस्ट पारेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले पहिले ट्वीटमार्फत र पछि सार्वजनिक कार्यक्रममा बोल्दै मध्यस्थताको प्रस्ताव राखेका थिए ।







डिसी नेपाल








Facebook Comment