दैलेखको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना पोजेटिभ, मृतकको संख्या ७ पुग्यो

डिसी नेपाल
१७ जेठ २०७७ २०:००

काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ। दैलेखको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ आएसँगै मृत्यु हुनेको संख्या ७ पुगेको हो।

दुल्लु–११ का ३५ वर्षीय पुरुषको विहान निधन भएको थियो । दिउँसो उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर विधिबाट गरिएको परीक्षणमा युवकको नतिजा पोजेटिभ आएको बताइएको छ।

स्वास्थ्य मन्त्रालयले भने यसको औपचारिक पुष्टि गरेको छैन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *