बाँके दुर्घटनामा घाइते भएकाको निःशुल्क उपचार गर्न अध्यक्ष दाहालको माग
फाईल तस्बिर
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मा हिजो राति भएको सवारी दुर्घटनाको खबरले आफू स्तब्ध भएको बताएका छन् । अध्यक्ष दाहालले आज एक वक्तव्यमार्फत दुर्घटनामा परी निधन भएका प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
उनले दुर्घटनामा घाइते भएको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनिहरुको निःशुल्क स्वाथ्योपचारको माग गरेका छन् । अध्यक्ष दाहालले भनेका छन्, “लकडाउनको समयमा तीव्र गतिका कारण हुने गरेका यस प्रकारका सवारी दुर्घटना रोक्न सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण पनि गराउँछु ।”
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment