दुर्घटनामा मृत्यु भएकाप्रति सभामुख सापकोटाद्वारा समवेदना प्रकट
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा हिजो राति भएको सवारी दुर्घटनाको खबरले आफू स्तब्ध भएको बताएका छन् ।
सभामुख सापकोटाले आज सामाजिक सञ्जालमार्फत सो दुर्घटनामा परी निधन भएकाहरुप्रति श्रद्धान्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन्। उनले दुर्घटनामा परी घाइते भएकालाई शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । सो दुर्घटनामा परी १२ जनाको निधन र २० जना घाइते भएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment