भीआइपी जुवाडेलाई पाँच दिन हिरासत राखेर अनुसन्धान गर्न अनुमति

डिसी नेपाल
२० जेठ २०७७ १४:४८

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौले भीआइपी जुवाडेलाई पाँच हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

महानगरीय प्रहरी वृत्त, दरबारमार्गले पक्राउ गरेका ९ जना व्यवसायीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। मुलुकी अपराध संहिताको जुवा सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रहरीलाई अनुमति दिएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

प्रहरीले कमलादीस्थित एक होटलमा जुवा खेलिरहेका वेला रामचन्द्र सांघाइ, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल आउजा र निक्की जोगाइलाई पक्राउ गरेको थियो। प्रहरीले थप अनुसन्धान गर्नुपर्ने भएकाले उनीहरुलाई हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयसँग माग गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *