रंगी-चंगी गोदावरी : प्रकृति छ, पर्यटक छैनन् (फोटो फिचर)

डिसी नेपाल
२१ जेठ २०७७ ७:०३

काठमाडौं। काठमाडौं उपत्यकाको दक्षिणी जिल्ला ललितपुरको गोदावरी क्षेत्र यतिबेला रङ्गीचङ्गी छ। नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, वनस्पति विभाग अन्तर्गतको राष्ट्रिय वनस्पति उद्यान गोदावरीले लकडाउन भएपछि काँचुली फेरेको छ। ८२ हेक्टरमा फैलिएको उद्यानभित्र गाइने किरादेखि कोइलीको सुमधुर आवाज कानम गुञ्जिछ, हिजोआज।

सानो खोला कलकल झरना, सायदै कसैको कानमा परेको थिएन होला झरनाको आवाज। पर्यटकीय क्षेत्र गोदावरीमा सदैव कोलाहलमात्र हुन्थ्यो। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपछि पर्यटक आएनन्। प्रकृति फक्रियो।

राम्रो कलाकारले विभिन्न रङ्गहरु भरेर बनाएको तस्विर जस्तै सुन्दर छ गोदावरी । मानव पैतलाले कहिलै उठन् नसक्ने गरी ढाड भाचिँदिएका घाँसहरुलाई प्रकृतिले उपचार गरी हरेक चौरलाई हरियो बनाएको छ।

मानवले नै उजाड बनाउने प्रकृति मानवबिना उजाड देखिएको छ। प्रतिक्षामा छ। मानव पैतलाले फेरी कुल्चियोस भन्ने चाहन्छन् घाँस र दुबोहरु। जानी नजानी मानवको हातले चुँडेर फ्याकिदियोस् भन्ने अपेक्षा गरेका छन् कोपिलाहरुले। मानव आओस, कोलाहल गरोस्, कार्वन्डाइअक्साइड फ्याकोस् फेरी आनन्दको श्वास फेर्न पाउँ भनिरहेका छन् बोटविरुवाहरुले ।

प्रकृतिमैत्री विद्युतीय सवारी साधनले सवार गर्ने मानव खोजीरहेको छ। टुहुरा जस्तै छन् प्रतिक्षालयहरु। भगवानको घरमा पनि ताल्चा मारिएको छ। ढोकामै लेखिएको छ हामीलाई भेटन अस्पतालमा जानुहोला। सायद कोरोनाका कारण प्रकृतिले काँचुली फेरे पनि मानव रहित उनीहरु पनि खुसी छैनन् । सायद गोदावरीलाई पनि मानवको बानी परेको हुनु पर्छ।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *