विदेशमा रहेका नेपाली फर्काउने प्रक्रिया सुरु, खाडीलगायत मुलुकबाट करिव ४० हजार फर्किने अनुमान
काठमाडौं। कोरोना संक्रमणका कारण स्वदेश फर्किन असमर्थ विदेशमा नेपालीलाई सरकारले आजबाट स्वदेश फर्काउँदै छ। आज शुक्रबार म्यानमार र युएईबाट दुई झण्डै साढे दुई सय नेपाली स्वदेश फर्किँदै छन्। श्रम मन्त्रालयका अनुसार युएईबाट दुई सयभन्दा बढी र म्यानमारबाट ३५ जना नेपाली स्वदेश फर्किँदैछन्।
दुवै मुलुकले आफ्नै खर्चमा नेपाली नागरिकलाई नेपाल ल्याउन लागेका हुन्। म्यानमारले सैनिक विमानमार्फत ३५ जना नेपाली नेपाल फर्काउन लागेको हो। म्यानमारले लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिक लिन जहाज आउँदा त्यही जहाजमा म्यानमारमा रहेका नेपाली नागरिकलाई नेपाल ल्याउन लागेको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको विवरण अनुसार पहिलो चरणमा मलेशिया, खाडीलगायतक मुलुकबाट कुल ३९ हजार ४ सय ३३ नागरिक फर्किने अनुमान गरिएको छ।
परराष्ट्र मन्त्रालयले यसअघि नै ३९ नेपाली नियोगमार्फत विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन सहयोग गर्न र स्वदेश फर्काउन अघि कोरोना टेस्ट गर्न पत्राचार गरेको थियो। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार पहिलो चरणमा सम्बन्धित देशकै खर्चमा नेपाली नागरिक ल्याउन लागिएको हो।
आज युएईले आफ्नै चार्टर विमानमा दुईसय भन्दा धेरै नेपाली ल्याउन लागेको श्रम मन्त्रालयले जनाएको छ। सरकारले विदेशमा रहेका नेपालीलाई प्राथमिकतका आधारमा उद्धार गर्ने निर्णय यसअघि नै गरिसकेको छ। सरकारले नेपाली कामदार कार्यरत रहेका मुलुकलाई पत्र पठाउँदै नेपाल फर्किनु अघि सबै नेपाली नागरिकको कोरोना परीक्षण गर्न आग्रह गरेको थियो।

यसैबीच सरकारले मलेशिया तथा खाडी मुलुकबाट ३९ हजार ४ सय ३३ जना स्वदेश फर्किने अनुमान गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको विवरण अनुसार पहिलो मलेशिया, खाडीलगायतक मुलुकबाट कुल ३९ हजार ४ सय ३३ नागरिक फर्किने अनुमान गरिएको छ।
मन्त्रालयको विवरण अनुसार युएईबाट १७ हजार ३ सय ७४ जना स्वदेश फर्किने छन्। यसैगरी कतारबाट ७ हजार १ सय ६७, मलेशियाबाट ६ हजार दुई सय, साउदी अरबबाट ६ हजार ५ सय ४७, बहराइनबाट २ सय ८५ र ओमानबाट ६ सय ५६ जना स्वदेश फर्किने अनुमान गरिएको मन्त्रालयले स्रोतले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment