क्वारेन्टिनमै जन्मिए दुई शिशु

डिसी नेपाल
२३ जेठ २०७७ ८:०५

डाेटी। भारतबाट श्रीमान्सँगै रोजगारी गरी फर्किका जिल्लाका दुई महिलाले शिशु जन्माएका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टिनमा रहेका महिलाले शिशुलाई जन्म दिएका हुन्।

यही जेठ १२ गते भारतबाट घर फर्किएपछि दिपायल सिलगढी नगरपालिका–२ खातीवडास्थित देवी माध्यामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा बस्नुभएकी गीता आउजीले शिशु जन्माएकी वडाध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए ।

उनका अनुसार २१ वर्षीया सुत्केरी गीताले छोरा जन्माएकी हुन्। उनी बसकाे क्वारेन्टिनमा ७४ जना छन्। “आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य छ, स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी पठाएको छु”, वडाध्यक्ष खड्काले भने, “आरडिटीपछि नतिजा नेगेटिभ आए होम क्वारेन्टिनमा बस्ने गरेर पठाउँछौँ।”

त्यसैगरी शिखर नगरपालिका वडा नं ३ को भवानी आधारभूत विद्यालय खन्याडी छडिमाण्डौँको क्वारेन्टिनमा बसेकी अर्की २५ वर्षीया पुजा सार्कीले पनि छोरा जन्माएकी हुन्। उनी भारतको मुम्बइबाट जेठ १५ गते श्रीमान्सँगै घर फर्किएर क्वारेन्टिन बस्दै आएकी छन्।

पुजाले सकुशलरूपमा शिशुलाई जन्म दिनुभएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिष शाहले जानकारी दिए। अहिले दुवै महिला र बच्चाको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *