अमेरिकी दूतावासले नेपाली सेनालाई दियो ३५०० भिटिएम किट

डिसी नेपाल
२३ जेठ २०७७ ११:०२

काठमाडौं। अमेरिकी दूतावासले नेपाली सेनालाई ३ हजार ५ सय थान भाइरस ट्रान्सपोर्ट मिडिया (भिटिएक) किट हस्तान्तरण गरेको छ ।

कोरोनाभाइरससँग लड्नको लागि अमेरिकाले गर्दै आएको सहयोग अन्तर्गत यो सहयोग गरिएको अमेरिकी दूतावासले जनाएको छ ।

जंगी अड्डा छाउनीस्थित कोभिड १९ विपद व्यवस्थापन केन्द्रमा बिहीबार भिटिएम हस्तान्तरण गरिएको हो ।

यी भिटिएमहरु भाइरस वा भाइरस आशंका गरिएका नमूना ओसारपसारका लागि प्रयोग हुन्छन् । संक्रमणको आशंका गरिएका बिरामीको स्वाब संकलन गरी यिनै भिटिएमको माध्यमबाट प्रयोगशालामा पुर्याइन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *