कुन राशिको भाग्य कस्तो छ यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

डिसी नेपाल
२४ जेठ २०७७ ७:५५

जेष्ठ २४ देखि ३० गतेसम्मको साप्ताहिक राशिफल

मेष
परोपकारी विचार आउन सक्छन्, त्यस्तै प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ ।

वृष
राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ ।

मिथुन
आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ । सकारात्मक सोच बढ्ने छ । तपाईंको चिन्तन र उपायले काम गर्नसक्छ ।

कर्कट
यो साता मध्यम छ । दैनिक कामकाजमा बाधा आउने छ । शत्रुहरूको गतिविधिले काममा असर पर्नसक्छ।

सिंह
अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । जागिरेमा बढुवा, प्रशंसा र पुरस्कार पाउन सक्छन् ।

कन्या
एकोहोरो र जिद्दीपना त्याग्नु राम्रो हुनेछ । छरछिमेकमा भएका असमझदारीको सुलह हुनेछ ।

तुला
सामान्यतया यो साता मध्यम छ। अध्यनमा बाधा आउला। ब्यापारमा केही नोक्सानी व्यहोर्नुपर्ने देखिएको छ।

वृश्चिक
शत्रुपक्ष कमजोर हुने छन् । समाजिक क्षेत्रमा लगानी हुन सक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ ।

धनु
आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा फाइदा हुने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ ।

मकर
साताको सुरूका दिनहरू प्रतिकुल छ्न् ।स्वास्थ्यमा समस्या आउन सक्छ । सानातिना घरायसी कामहरूमा समय व्यतीत हुनेछ ।

कुम्भ
प्रसन्नता र खुसीको समाचार आउन सक्छ । परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ ।

मीन
वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ ।

साताको पूरा राशिफल भिडियोमा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *