आन्तरिक हवाइ उडान असार १७ देखि सुरु गरिँदै

डिसी नेपाल
२५ जेठ २०७७ १५:२६

काठमाडौँ । सरकारले आन्तरिक हवाइ उडान सुरु गर्ने तयारी गरेको छ । आगामी असार १७ गतेदेखि आन्तरिक उडान खुला गर्न लागिएको हो । नागरिक उड्डयन प्राधिकरणमा प्राधिकरणका महानिर्देशकसँग विभिन्न एयरलाइन्सका कार्यकारी प्रमुखहरुको छलफलपछि यस्तो निर्णय गरिएको बताइएको छ । असार १७ गते लकडाउन सुरु भएको सय दिन पूरा हुँदैछ ।

प्राधिकरणमा भएको छलफलमा प्राधिकरणका महानिर्देशक राजन पोखरेल, श्री एयरलायन्सका प्रबन्ध निर्देशक सुधीर मित्तल, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत र यति एयरलायन्सका सीइओ उमेश राई सहभागी भएको स्रोतले जानकारी दियो । यद्यपि आन्तरिक हवाइ उडान एकैपटक देशैभरी खुला भने हुने छैन ।

स्रोतका अनुसार पहिलो चरणमा असार १७ देखि काठमाडौं र हिमाली तथा पहाडी रुटको उडान खोलिनेछ । त्यसको १५ दिनपछि मात्र देशैभरी आन्तरिक उडान खुला गरिनेछ । तेस्रो चरणमा अन्तर्राष्ट्रिय उडान समेत खोल्न सकिनेछ । अन्तर्राष्ट्रिय उडान साउनमा खुला गरिने सहमति भए पनि यसको मिति भने तोकिएको छैन । उडान खोल्ने सहमति भएसँगै एयरलाइन्सहरुले टिकट बुकिङ खोल्ने तयारी गरिरहेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *