भूकम्पबाट ज्यान गुमाएकाको सम्झनामा ‘शान्ति पार्क’ निर्माण हुँदै

डिसी नेपाल
२६ जेठ २०७७ ८:२१

मेलम्ची । इन्द्रावती गाउँपालिकामा शान्ति पार्क निर्माण भइरहेको छ ।

भूकम्पमा परेर मृत्यु भएकाको स्मृतिमा शान्ति पार्कको निर्माण गरिएको हो। गाउँपालिकाको नवलपुरमा रु एक करोड ५० लाखमा पार्क निर्माणको काम भइरहेको अध्यक्ष वंशलाल तामाङले जानकारी दिए ।

उनका अनुसार भूकम्पमा मृत्यु भएका गाउँपालिका भरका मानिसको नाम सो पार्कमा लेखिनेछ। गाउँपालिकाभर भूकम्पमा परी ५०० ले ज्यान गुमाएका थिए। तत्कालीन सात गाविस मिलेर इन्द्रावती गाउँपालिका बनेको हो।

भूकम्पमा सिन्धुपाल्चोकबाट मात्रै तीन हजार ५०० भन्दा बढीले ज्यान गुमाएका थिए। आगामी आर्थिक वर्ष ०७७÷७८ मा शान्ति पार्क निर्माण भइसक्ने अध्यक्ष तामाङले बताए । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *