मास्कका साथ मार्सीधान रोपण
खलङ्गा । जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको कर्णालीकै धार्मिकस्ल चन्दननाथ भैरवनाथ मन्दिरभित्रको खेतमा कालिमार्सी धान रोपिएको छ । प्राचीनकालदेखि बाजागाजाहित रोपिने सो खेतमा यसपटक भने कोरोनाका कारण मास्क लगाई सामाजिक दूरी कायम गरी रोपिएको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका खरिदार रत्न आचार्यले बताए।
गुठी व्यवस्थापन समितिले यसअघि प्रत्येक वर्ष विधिवत् तरिकाले रोप्दै आए पनि कोरोना भाइरसका जोखिमका कारण कुनैपनि धार्मिक गतिविधि र खेतमा कालिमार्सी धान रोपिएको गुठि व्यवस्थापन समितिले जनाएको छ ।
मार्सी धान जुम्लाको पहिचान हो । मन्दिरको खेतमा उत्पादित धानको चामल परम्परागत रुपमा अक्षता चढाउनका लागि प्रयोग हुने गरेको छ । मन्दिरको खेतमा मार्सीधान रोपाइँका लागि सबै क्षेत्रबाट सहयोग मिलेको छ । मार्सी चामलले बजार पाउन थालेपछि धान जोगाउन स्थानीयवासीले पनि अगुवाइ गर्दै आएका छन् । स्थानीय महिला, विद्यार्थी, शिक्षकलगायतको सहभागितामा रोपिने सो खेतमा यस पटक कोरोनाका कारण मन्दिर वरपरका बासिन्दा र चन्दननाथ सहकारीको सहयोगमा धान रोपिएको सहकारी प्रमुख ऋषिराम पाण्डेले बताए । सो मन्दिरको २४ मुरी खेतमा प्रत्येक वर्ष मार्सीधानको रोपाइँ गरिन्छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment