#punjab #amritsar #jalandhar #kulche #saagwithwhitebutter #mathhichole = 5 kg weight gain 
कपिल शर्माका फ्यानकालागि खुशीको खबर ! फेरी टेलिभिजनमा फर्कदै
एजेन्सी । चर्चित कमेडियन कपिल शर्मा विस्तारै विस्तारै आफ्नो पुरानै स्वरुपमा फर्किँदै छन्। उनी चाँडै टेलिभिजनमा फर्किन सक्ने भारतीय संचारमाध्यमले जनाएका छन्। केही दिन अगाडि मात्रै उनले सामाजिक संजालमा आफ्नो नयाँ तस्वीर शेयर गरेका छन्। जुन तस्वीरमा उनले आफ्नो वजन निकै कम गराएको देख्न सकिन्छ। उनी निकै फिट पनि देखिएका छन्।
कपिलको २–३ महिना पहिला जुन तस्वीर सार्वजनिक भएका थिए, उक्त तस्वीरमा उनको वजन निकै बढेको देखिएको थियो। डिप्रेशनका कारण उनको वजन बढेको अनुमान गरिएको थियो। तर नयाँ तस्वीरमा कपिल निकै फिट देखिएका छन्। उनको अनुहारमा पनि चमक देखिएको छ। उनी चाँडै टेलिभिजनमा फर्किने बताइएको छ।
आफ्नो नयाँ तस्वीर शेयर गर्दै कपिलले लेखेका छन्–पंजाब, अमृतसर, जालंधर, कुलचे, मट्ठी, छोले, लस्सी, पाँच किलो वजन बढेको छ।’ तर कपिलको तस्वीर हेर्दा उनको वजन बढेको जस्तो देखिँदैन।
कपिल यतिबेला आफ्नो पंजाबी फिल्म ‘सन अफ मनजीत सिंह’ को प्रमोशनमा व्यस्त छन्। यो फिल्ममा पंजाबी अभिनेता गुरप्रीत घुग्गीको मुख्य भूमिका छ। विक्रम ग्रोवरले निर्देशन गरेको यो फिल्म १२ अक्टुबरमा रिलीज हुँदैछ। यो फिल्ममा कपिल शर्माले सुमीत सिंहसँग मिलेर बनाएका हुन्।
संचारमाध्यमका अनुसार कपिल यही महिनाबाट टेलिभिजनमा पनि वापसी गर्दैछन्। ‘कमेडी नाइट्स विथ कपिल’ का निर्देशक भारत कुकरेतीले यो नयाँ शोलाई निर्देशन गर्ने बताइएको छ।
No ads found for this position

डिसी नेपाल
holy city amritsar

Facebook Comment