बुधबार ९० जनाले जिते कोरोना, निकाे हुनेकाे संख्या ६७४

डिसी नेपाल
२८ जेठ २०७७ १६:४१

काठमाडौं । बुधबार ९० जनाले कोरोना जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बुधबार मात्र विभिन्न अस्पतालबाट ९० जना कोरोनाबाट निको भएर घर फर्केका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना जित्नेको जम्मा संख्या ६ सय ७४ रहेको छ । जसमा ५ सय ९५ जना पुरुष र ७९ जना महिला रहेका छन्।

हालसम्म १ लाख १० हजार ७ सय ४४ जनाको पिसिआर र १ लाख ७२ हजार ८ सय ८० जनाको आरडिटी परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *