थप २७९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ हजार ३६४

डिसी नेपाल
२८ जेठ २०७७ १६:५६

काठमाडौं । थप २ सय ७९ जनाको कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ सय ७९ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमित हुनेको संख्या ४ हजार ३ सय ६४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुभबार मात्र मोरङमा ८ जना, झापामा ५ जना, चितवनमा २ जना, उदयपुरमा ४ जना, नवलपुरमा १ जना, सर्लाहीमा २७ जना कोरोना संक्रमित भएका छन्।

यस्तै, कपिलवस्तुमा ४८ जना, नवलपरासी पश्चिममा ५ जना, पाल्पामा १२ जना, प्युठानमा ६ जना, रुपन्देही ७ जना, बाँकेमा ३ जना, बर्दिया १ जना, सप्तरीमा ६ जना, दैलेखमा २५ जना, जाजरकोटमा ३ जना, सुर्खेतमा ९ जना थप कोरोनाबाट संक्रमित भएका हुन्।

यस्तै, दार्चुलामा १, कैलालीमा १२ जना, कन्चनपुरमा २ जना, डडेलधुरामा १जना, धादिङमा १६ जना, धनुषामा ११ जना, गोर्खामा ४ जना, नुवाकोटमा १ जना, रौतहटमा ५३ जना, सिन्धुपाल्चोकमा २ जना र सिराहामा १ जना कोरोना संक्रमित भेटिएका हुन्।

जसमध्ये ४ हजार ५५ जना पुरुष र ३ सय ९ जना महिलामा कोरोनाको संक्रमण पुष्टि भएको छ । १ लाख ७२ हजार २ सय ६६ जना क्वारेन्टिनमा छन् भने, ३ हजार ६ सय ७५ जनाको आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.