मन्त्रिपरिषदको निर्णय सुनेर सडकमा निस्किएकाहरु प्रहरी फन्दामा (फोटोफिचर)
काठमाडौं। सरकारले लकडाउन खुलुको बनाउने निर्णय गरेसँगै राजधानीमा सवारी साधनको चाप बढेको छ। विहानैदेखि काठमाडौका मुख्य व्यापारी एरियामा पसलहरु खुलेका छन् भने सवारी साधनको संख्या उल्लेख्य देखिएको छ।

सरकारले बिहीबार (आज) देखि लागू हुने गरी काठमाडौं उपत्याकामा जोरविजोर प्रणाली अपनाउने निर्णय गरेको छ। तर सर्वसाधारणलाई कुन दिन जोर कुन विजोर भन्ने अन्योल हुँदा समस्या भएको छ।

बिहीबार बिजोर नम्बरका सवारी साधन चल्न दिने निर्णय भएपनि कतिपयले जोर नम्बर प्लेटको सवारी साधन चलाएका थिए, उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार नयाँ बानेश्वरमा प्रहरीले जोर नम्बरका सवारी साधनलाई नियन्त्रणमा लिएपछि सर्वसाधारण र प्रहरीबीच विवादसमेत भएको देखियो। डिसी नेपालका फोटो पत्रकार रमण मानन्धरले कैद गरेको केही दृष्यः














No ads found for this position

डिसी नेपाल
Facebook Comment