थप २५० मा कोरोना पुष्टि, कोरोना संक्रमितको संख्या ४६१४
काठमाडौं । विहीबार थप २ सय ५० जनामो कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनगसँख्या मन्त्रालयका अनुसार २ सय ३० जना पुरुष र २० जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १४ रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ७ सय ३८ जना आइसोलेसनमा रहेका छन् भने, १ लाख ६२ हजार १३ क्वारेन्टाइनमा रहेका छन्।
१ सय ८७ जना विहीबार मात्र निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार निको हुनेको जम्मा संख्या ८ सय ६१ रेहेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment