मोटरसाइकल चल्ने तर दुईजना बस्न नपाईने

डिसी नेपाल
२९ जेठ २०७७ १८:११
4
Shares

काठमाडौं ।सरकारले जारी लकडाउनलाई खुकुलो बनाउँदै लैजाने र जोर विजोरमा निजी सवारी साधन चलाउन पाइने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको वैठकको निर्णय सुनाउदै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले काठमाडौं उपत्यकामा बाहेक सबै जिल्लाहरुमा जिल्ला भित्रमात्र जोर विजोर निजी सवारी साधन चलाउने निर्णय भएको बताए।

निर्णय सुनाउँदै डा. खतिवडाले भने, ‘निजी सवारी साधन चल्ने छन्। जोर विजोर लागु हुन्छ।’ उनले मोटरसाइकलमा २ जना बस्न नपाईने निर्णय भएको सुनाए । उनले भने, ‘निजी सवारी साधनमा चालक बाहेक २ जना र मोटरसाइकलमा चालकलाई मात्र बस्न दिने निर्णय भएको छ।’
सपिङमल नखुल्ने उनले जानकारी दिए। उनले भने, ‘खाध्यान्नसँग सम्बन्धीत भएकाले डिपार्टमेन्टल स्टोर खुल्ला हुन्छ। तर, सपिङमल भने खुल्ला हुने छैनन्।’

उनका अनुसार फिल्महल, विद्यायको पठनपाठन, सार्वजनिक यातायात हाललाई नचल्ने भएका छन। मानिसको भिड् हुने जिम, व्युटिपार्लर र खेलकूद हुने ठाउँहरु पनि बन्द रहेने भएका छन्।

उनले भने, ‘सरकारी कार्यालय २ सिफ्टमा चल्ने छन्, सबै प्रकारका ढुवानी सेवा संचालन हुने छन्। क्वारेन्टिनका लागि छुट्याइएका होटल बाहेक रेष्टुराँबाट खानेकरा प्याकेटमा मात्र लिन पाइने छ। यस्तै सबै प्रकारका कृषि गतिविधी खुल्ला गरिने छ।

कोरोना रोकथाम तथा नियन्त्रणको लागि गत चैतबाट सुरु भएको लकडाउन जेठ ३२ गतेसम्म जारी रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *