हिंसा, विदेभ र ज्यादतीविरुद्ध एकजुट आह्वान
बुटवल । देशभर हत्याहिंसाका घटना बढिरहेका बेला बुटवल उपमहानगरपालिकाले हिंसा, विभेद र ज्यादतीविरुद्ध सबै एक हुन आग्रह गरेको छ । हिंसा र विभेदलाई सभ्य समाजका अवरोधका रुपमा लिँदै उपमहानगरपालिकाले सबैको साझा पहलबाटै त्यस्ता अवरोधहरु हटाउन सकिने भएकाले यसमा सबै एकजुट हुन आह्वान गरेको छ ।
लैङ्गिक हिंसामुक्त बुटवल नगर समन्वय समितिका संयोजकसमेत रहेकी उपप्रमुख गुमादेवी आचार्यले कुनै पनि बहानामा कुनै पनि प्रकारका हिंसा स्वीकार्य नहुने बताउँदै हिंसाविरुद्ध गरिएका साझा सङ्कल्पलाई व्यावहारिक बनाउनुपर्नेमा जोड दिए । देशका विभिन्न ठाउँमा भएका जघन्य प्रकारका यौनजन्य हिंसाका घटनाहरु हेर्दा र सुन्दा समाजमा अझै पनि क्रूर, अमानवीय, दानवी प्रवृत्ति सोचको अन्त्य हुन नसकेको उनले भनाइ छ ।
लैङ्गिक हिंसामुक्त बुटवल नगर समन्वय समितिले हिंसाविरुद्धको रणनीतिक कार्ययोजना सार्वजनिक गरिसकेको छ भने अहिले त्यसैलाई व्यावहारिक बनाउने काममा बुटवल जुटेको छ । हिंसाका घटनाले समाजलाई फेरि अर्को अन्धकारतिर धकेल्ने कोसिस भइरहेको आशङ्का बढाएको बताउँदै उनले यस्ता जघन्य अपराध गर्ने सबैलाई कानूनी कारवाहीको दायरामा ल्याइने र पीडितलाई न्यायको अनुभूति दिलाउने प्रस्ट पारेका छन् ।
कोभिड–१९ विश्वभरि महामारीका रुपमा फैलिएपछि यसको जोखिमबाट गुज्रिरहेकोे समयमा महिला, बालबालिका, अशक्त, असहाय, बेसहाराहरु माथि विभिन्न किसिमका हिंसा, हत्या, यौन दुव्र्यवहार, शोषण र बलात्कारका घटनाहरु दोहोरिरहनु दुर्भाग्यपूर्ण भएको बताए।







डिसी नेपाल







Facebook Comment